Nepal's First Video FM

अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा , छोटो समय मा किनयती धेरै ले हेरे ?

523

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबको नम्बर एक ट्रेन्डिङमा छ । फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।

चलचित्रमा अनमोल र सुहानाका साथै सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र गत वर्षको चैत २९ मा हलमा रिलिज भएको थियो । यो अभिनेत्री सुहानाको डेब्यु चलचित्र हो । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्र हो ।

यो फिल्म अहिले सम्म मा १९ लाख ९ हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ । अहिले सम्म ८ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाख १७ हजारले लाइक गरेका छन् ,५५ सयले बढीले डिसलाइक गरेका छन् ।

युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

You might also like

Comments are closed.