लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन,कमरेडका दुःख पनि कहिल्यै नसकिने के: पूर्वमन्त्री गोकुल बाँस्कोटा
काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका छन् । उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन। कमरेडका दुःख पनि कहिल्यै नसकिने के !
Comments are closed.