Nepal's First Video FM

महान श्रीमान बिनोद भक्कानिदै रोए कल्पना दाहाल संग अनिताले दोहोरी गाउँन थाल्दा,कल्पनाको आँखामा आँसु

860

काठमन्डौ,महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपाली भनाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबीमा श्रीमती चिनिन्छे, श्रीमती बिरामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोदलाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमान् पनि हुन् ।

भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.