Nepal's First Video FM

आहा कती राम्रो तिहार सम्बन्धी गीत सुरबिनाको ‘देउसीरे’ भिडियो रिलिज, साथमा नरेन

429

काठमाडौँ, गायिका अस्मि रिशालको स्वरमा तिहार गीत ‘देउसीरे’ सार्बजनिक गरिएको छ । गीतमा सुरेश अधिकारीको संगीत, फणिन्द्र राईको संगीत संयोजन र कर्ण चापागाईंको शब्द रचना रहेको छ ।

रामजी लामिछानेको करियोग्राफी तथा निर्देशनमा बनेको गीतको भिडियोमा सुरबिना कार्की, नरेन खड्का, अस्मि रिशाल र दिपिका थापाको अभिनय देख्न सकिन्छ । सौरभ लामाको छायांकन रहेको भिडियोको सम्पादन मित्र डी. गुरुङले गरेका हुन् ।

चर्चित गायक नविन पौडेलले ‘लेउ खुकुरी लेउ’ बोलको गीतिको भिडिओ सार्वजनिक गरेका छन् । देशमा बडिरहेको भ्रष्टाचार अनि बेथितिविरुद्ध पौडेलले गीतमार्फत् जनता जगाउने काम गरेका छन् । गीतमा लय, शब्द र स्वर पौडेलकै हो ।

उनले आफ्नै युट्युव च्यानल ‘नवीन पौडेल’ मार्फत् सार्वजनिक गरेका हुन् । उक्त गीतमा केशव बडुको एरेन्जर रहेको छ भने म्युजिक भिडियोको छायांकन र सम्पादन तथा निर्देशन विष्णु भट्टराईले गरेका छन् ।

गीतमा प्रसाद खप्तरी मगर, प्रिन्स अबिरल, चन्द्रीका ओझा, सपना सुनाम, सुनिता सुनेल लगायत कलाकारको कोरस भोकल छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा केशव बडुको संगीत संयोजन रहेको छ । गायक पौडेलको आफ्नै युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा नविन पौडेल, विष्णु भट्टराई, स्विकृति पौडेल, पुष्प बराल र कृष्ण बाँस्तोलाको मुख्य अभिनय रहेको छ ।

You might also like

Comments are closed.