Nepal's First Video FM

आमाको ‘तिमी र म’ गीतामा छोरी साम्राज्ञी रोमान्स गजब !

433

काठमाडौं, २२ कार्तिक । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली चल्चित्र क्षेत्र कि सुपर हिट नाइका हुनु, उनले भर्खरै आफ्नी आमाको स्वरमा रहेको गीतमा अभिनय गरेकी छन्।

उनले आमा नेहा शाहको ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेकी हुन्। भिडिओमा उनका प्रेमी देवाशं राणाले पनि अभिनय गरेका छन्। नेहाको स्वर रहेको गीतमा शब्द तथा संगीत बिराज गौतमको रहेको छ। भिडिओलाई बेसमेन्ट प्रोडक्सनले तयार पारेको भिडिओका प्रस्तुतकर्ता रमेश एमके पौडेल हुन्।

यस्तै पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका हास्यकलाकार सागर लम्साल उर्फ बलेको नयाँ भिडियो सार्वजनिक भएको छ। नायिका निता ढुङ्गानासँग उनको ‘मुटु जोडौला’ बोलको भिडियो सार्वजनिक भएको हो । यो गीतलाई ‘कहिले माया देखायौ २’ पनि भनिएको छ ।

सम्राट चौलाई र एलिना चौहानको आवाज रहेको सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । यसअघि सम्राट र एलिनाले ‘कहिले माया देखायौ’ ल्याएका थिए । जुन गीतले निकै चर्चा पाएको थियो । सार्वजनिक गीतमा संगीत गायक चौलाई स्वयमले भरेका छन् ।

गीतको भिडियोलाई भने सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको कोरियोग्राफ़ी निर्देशक बसेलले गरेका हुन् । भिडियोको सम्पादन र कलर भर्ने काम बिर बहादुर थारुले गरेका छन् ।

You might also like

Comments are closed.