Nepal's First Video FM

पूर्वराजा ज्ञानेन्द्र भ्रमणमा जादै !पढ्नुहोस कहाँ कहाँ जादै छन्

677

फाल्गुन १६, पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् । आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।

प्रप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।

शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा कोमल शाह पनि रहनेछिन् ।

झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग भेट गर्ने र केही देवस्थलमा पुगी पूचा अर्चना गर्ने बुझिएको छ ।

यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए । उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।

पश्चिम नेपालमै रहँदा उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले विशेष आमन्त्रण गरी अभिनन्दन गरेका थिए ।

You might also like

Comments are closed.