काठमाडौं, पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।
उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । धमलाले बाह्रखरीसँग कुरा गर्दै आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।
यसै बिच नेपालमा कोरोना भाइरसका आज २८ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २८ सय १२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Comments are closed.