काठमाडौं – नेहा खड्का र निशान भट्टराईको स्वरमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ । भिडियो हेर्नुहोस ।
यसै बिच सिमसिमे पानीमा गीत बाट सिखर चुमेकी गायिका रेखा शाहले नयाँ गीत ‘एक दिन तिमी फर्की आउनेछौ’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ।
नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका शाहले नै अभिनय गरेकी छन्। आफ्नो गायिकी र अभिनयबारे शाह भन्छिन्, ‘गायिकी मेरो परिचय र जीवनशैली हो भने अभिनय त्यसलाई संस्थागत गर्ने माध्यम।’
गायिका शाहको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा रूपेश थापाको छायांकन र सविश जोशीको सम्पादन रहेको छ।
Comments are closed.