Nepal's First Video FM

यूवराजको ‘संसार रोएको छ’ सार्वजनिक

485

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘संसार रोएको छ’ सार्वजनिक गरिएको छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ । गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ ।

लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।

यस्तै लोक गायिका नवनित आदित्य वाइबाले दशैँ र तिहारको महिमा झल्काउने ‘तीन धाङ तीन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरेकी छन् ।

गायिकाकै शब्द रहेको गीतमा सिंहमान सिंह वाइबाको संगीत रहेको छ ।

भिडियो समेत गायिका वाइबानै देखिएकी छन् । शिखर क्षेत्रीको छायाँकन, सत्य आदित्य वाइबाको सम्पादन रहेको छ ।

गायिका नवनीत स्वर्गीय वरिष्ठ लोक गायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् ।

You might also like

Comments are closed.