Nepal's First Video FM

बाइडेन राष्ट्रपतिमा विजयी भएसँगै देशभरी सडकमा विजय उत्सव

429

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा विजयी बनेपछि उनका समर्थकहरुले देशभरीकै सडकमा विजय उत्सव मनाएका छन् । सञ्चारमाध्यमले विजयी भएको घोषणा गरे लगत्तै उनका समर्थकहरुले अमेरिकाको विभिन्न शहरमा विजय र्‍याली निकालेका हुन् ।

न्यूयोर्कदेखि लस एन्जल्सका सडकहरुमा जो बाइडेनका समर्थकहरुले नाच्दै र गाउँदै विजय जुलुस र र्‍याली निकालिएको हो ।

केही ठाउँमा भने ट्रम्पका समर्थकहरुले अन्तिम नतिजा नआइसकेकाले विजय मान्न नहुने भन्दै अस्वीकार गर्दै आएका छन् । उनीहरुले ट्रम्पको भोटको काउन्टिङ गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

जो बाइडेनका समर्थकहरु भने कोरोनाबाट बच्न भन्दै मास्क लगाएर वासिङ्टन डीसीमा समूह समूह बनाएर ह्वाइट हाउस नजिकै गएर विजय उत्सव मनाइरहेका छन् ।

You might also like

Comments are closed.