Nepal's First Video FM

मंसिर २५ गतेदेखि हिमालय टीभीमा हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने

388

काठमाडौँ २४ कार्तिक, धेरै दर्शक ले रुचाएको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिनुभयो ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भन्नुभयो–‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने छ । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिनुभयो ।

‘‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कडेलले भन्नुभयो– ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ ।

‘‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ । आज आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजन बिच उक्त सम्भmौता गरिरहेको छ ।

You might also like

Comments are closed.