Nepal's First Video FM

छिमेकीले भनेकाे प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने कार्यवाही गर्ने : गोकुल बाँस्कोटा

438

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ सदस्यले भेटेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक डाक्न लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले भने तत्काल बैठक बोलाउने पक्षमा आफू नरहेको सन्देश दाहाल–नेपाल समूहलाई पठाईसकेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान सामाजिक सनजाल्मा बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने लेखेका छन ।

उनी लेख छन् ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

यसै बिच नेकपा केन्द्रीय अनुशासन आयोगले बैठक बोलाउने कुरालाई प्रतिष्ठाको विषय नबनाउन नेताहरूलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृत बोहोराले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘पार्टीका जिम्मेवार नेतृत्वगणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.