काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा रहिरहन सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
फिल्मले युट्युवमा छोटो समयमा ५८ लाख बढी भियुज पाउँदै शीर्ष स्थान बस्न सफल भएको हो । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी सुपरस्टार गायक र सुहाना थापा उनको फ्यानको भूमिकामा छिन्।
फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, रबिन्द्र झा, रक्षा गौतम, विशाल पौडेल, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन्। । हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । युट्युब पहिले फिल्म विदेशमा, टिभीमा रिलिज भएको थियो ।
व्यवसायिक रुपमा सफल यो फिल्मका जोडी अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ कोरोनो संक्रमणकै जोखिमका कारण हाल छायांकन रोकिएको अवस्था छ।
Comments are closed.