Nepal's First Video FM

नायिका आँचल शर्माले चलचित्र बनाउने , चलचित्र विशेष बन्ने

458

काठमाडौ । पछिल्लो समय नायिकाहरु चलचित्र निर्माणमा अगाडी छन् । कतियप नायिकाहरुले निर्माण गरेको चलचित्र सफल भएका छन् भने कति चलचित्रले पानी समेत भन्न पाएका छैनन् ।

अब, नायिका आँचल शर्माले पनि चलचित्र बनाउने तयारी थालेकी छिन् । उदिप श्रेष्ठसँग बिहे गरेपछि आँचलले पनि चलचित्रमा लगानी गर्ने सोच बनाएकी हुन् । यसका लागि उदिप र आँचलले तयारी पनि गरिरहेका छन् । तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने वुझिएको छ ।

उदिप श्रेष्ठसँग केही महिना अघि बिवाह बन्धनमा बाँधिएकी आँचलले उदिपसँगै मिलेर चलचित्र निर्माण गर्न लागेकी हुन् । बुझिए अनुसार चलचित्रको निर्देशनको लागी आँचलले निर्देशक मिलन चाम्सलाई प्रस्ताव राखेकी छन् । चलचित्र निर्माणको तयारीमा जुटेकी आँचलले केही बढी समय लिएर राम्रो चलचित्र बनाउने तयारी रहेको बुझिएको छ ।

यस्तै नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ बन्नु अगाडि संकटकाल लगाउने तयारीमा चलचित्र क्षेत्रका विभिन्न संस्था लागेका थिए । तर, यो चलचित्रले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत । निर्देशकको नामबाट नै चलचित्र चल्छ भन्ने उदाहरण पस्कन उनी सफल भए ।

निश्चलले ‘टलकजंग भर्सेस टुल्के’बाट पनि तारिफ कमाएका हुन् । तर, ‘लुट २’मा उनी चिप्लिए । यो चलचित्रमा चिप्लिएपछि उनी चलचित्रमा आइटम नृत्य गर्न व्यस्त भए । यो समयमा त उनलाई ‘डान्सर’ पनि भन्न थालिएको थियो ।

उनै, निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश्चललाई पगालेको छ । उनी, आफूले खोजे जस्तै कथा पाएको भन्दै चलचित्र बनाउने उत्साहित छन् ।

You might also like

Comments are closed.