कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप-प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो छलफल भएको छ।

पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम-नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।
उनले तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए।
Comments are closed.