काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
त्यस्तै बुधवार प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडको पहिलोपटक उद्घाटन गरिएको सल्लाहकार थापाले बताए । त्यस्तै साँझ पनि प्रधानमन्त्री ओली हेलिप्याडमा नै अवतरण गरेका थिए ।
“प्रधानमन्त्रीज्यू नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो । ” सल्लाहकार थापाले भने ।
प्रधानमन्त्रीको बाहिरी जिल्ला जाँदा बालुवाटारबाटै नै उड्नेछन् । भने बालुवाटारमा नै अवतरण गर्न सक्नेछन् । त्यस्तै बाहिरी जिल्ला जाँदा प्रधानमन्त्री ओली एअरपोर्टसम्म जानु नपर्ने भएकाले समय बचत हुने साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने थापाले बताए ।
“यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।” थापाले सामजिक सञ्जालमा लेखेका छन् ।
Comments are closed.