काठमाडौँ । जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमै हेलिप्याड बनेपछि
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले ओलीप्रति लक्षि गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका छन् । ‘जुन गोरुको सिंग छैन उसैको नाम तिखे’ भन्दै व्यंग्य गरेका छन् ।
‘सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, ‘जुन गोरूको सिंग छैन उसको नाउँ तिखे ?’
तर यसरी प्रधानमन्त्रीले हेलिकप्टरमा बाहिर जाँदा विमानस्थलको बाटो प्रयोग नगर्ने र यसले सर्वसाधारणलाई ट्राफिक जामको सास्ती नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Comments are closed.