काठमाडौ । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताएका छन ।

बिहीबार संसदीय सुनुवाई समितिसँगको छलफलमा उनले आफुले मागेर राजदूत पद नलिएको बताएका हुन । डा खतिवडाले आफूले राजदुत मागेको नभई राजनीतिक नियुक्ति राज्यले दिएकोले पाएको दाबी गरे । प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै डाक्टर खतिबडाले संघका मन्त्रीहरु प्रदेशमा र कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको उदहारण समेत प्रस्तुत गरे ।
आफुविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफु कमजोर नभएको बताए । उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे ।
२० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरु गर्नु सामान्य भएको उनको भनाइ छ । खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले पनि परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्ने तहमा भएकाले सोही अनुसार काम गर्ने बताए ।
अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने खतिबडाको भनाइ छ । उनले नेपालमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित ब्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्ने तर्फ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
Comments are closed.