Nepal's First Video FM

लोभ लाग्दो देखियो ‘गुञ्जन’ फष्टलुक

411

अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।

सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ । विगत २ दशकदेखि चलचित्रमा एक्सन निर्देशन गर्दै आएका अष्टको यो डेब्यू चलचित्र हो ।

उनले, आफूले चलचित्र क्षेत्रका सिकेको र जानेको कुरालाई नै यो चलचित्रमा प्रस्तुत गरेको बताएका छन् । प्रेमकथामा निर्माण भएको यो चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, कविर खड्का, रोहनी शाही लगायतको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रलाई ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा नायिका नीता ढुङ्गानाको आइटम डान्स हेर्न सकिनेछ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

राजु श्रेष्ठको छायांकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रलाई काठमाण्डौ, पोखरा, जोमसोममा छायांकन गरिएको हो ।

You might also like

Comments are closed.