Nepal's First Video FM

मेरी आमा बाँचेको भए आज रानी बनाएर राख्ने थिए, आमा लाई सम्झेर धरधरी रोइन नायिका निता ढुंगाना –

586

काठमाण्डौ । नायिका नीता ढुंगानाले चाडपर्व भन्ने बित्तिकै आमाको सम्झना आउने बताएकी छन् । उनले सबै कुरा आफुले सोंचेको जस्तो हुँदाहुँदै पनि आमाको सम्झनाले ती सबै कुरालाई फिका झैं बनाई दिने बताएकी छन् । उनले भावुक हुँदै एक अन्तरवार्तामा आमाको हातबाट टिका लगाउन नपाएको १० वर्ष भएको बताएकी छिन् ।

नायिका नीताले आफ्नी आमाको हातबाट टिका लगाएको अन्तिम दशैं सम्झंदै भनिन्,‘म त्यो बेला १८ वर्षकी थिएँ । त्यतिबेला मैले फिल्म गर्दै थिएँ । त्यो दशैं हेटौडाको थियो । र त्यो नै मेरोलागी अन्तिम दशैं थियो । त्यतिबेला पनि उहाँले अक्सिजन लिंदै हामीलाई टिका लगाई दिएर आर्शिबाद दिनु भएको थियो ।’

नीताको भनाई अनुसार उनकी स्वर्गीय आमा दमको रोगी हुनुहुन्थ्यो । उनले आमा रोगी हुँदा पनि आमाको उर्जालाई सम्झंदै भनिन्,‘उहाँलाई जतिसुकै गाह्रो भएपनि जब चाडबाड आउँथ्यो तब उहाँमा छुट्टै उर्जा देख्न पाईन्थ्यो । घरको माहोललाई नै खुशीयाली बनाउनकोलागी उहाँले आफ्नो पिडालाई लुकाई दिनु हुन्थ्यो । उहाँलाई सास फेर्न गाह्रो हुँदा पनि उहाँले आफै किचेनमा गएर सबै खानाको परिकार पकाउनु हुन्थ्यो ।’

भावुक हुँदै नीता भन्छिन्,‘आमा भनेको भगवान कै देन हो । आमालाई हामीले कहिल्यै बिर्सनु हुँदैन । आमाको जति नै बयान गरेपनि साध्य नै छैन । हरेक आमाकालागी आफ्ना सन्तान जस्तो सुकै भएपनि उ सधैं प्रिय नै रहन्छ । कुनै पनि आमाले आफ्नो छोराछोरीलाई बियोगमा देख्नै सक्दैन । त्यसैले हामीले आमाको कोखलाई कहिल्यै पनि भूल्न हुँदैन ।’

नायिका नीता ढुंगानाको यो भनाईमा सबैको वास्तविकता अडिएको छ । नीताले प्राय आमाको विषयमा बोल्दा निकै नै मार्मिक भएर आफुलाई प्रस्तुत गरिरहेकी हुन्छिन् । उनलाई अहिले आफ्नी आमा आफुसंग नभएकोमा निकै नै दुःख लाग्ने गरेको कुराहरु सनाएर सबैलाई नै भावुक बनाई रहेकि हुन्छिन् । उनले दिने प्राय अन्तरवार्तामा उनले आफ्नी आमालाई सम्झिएकी हुन्छिन् । स्रोत ताजा खबर

भिडियो :

You might also like

Comments are closed.