Nepal's First Video FM

पाकिस्तानी सेनाको आक्रमणबाट इन्स्पेक्टर राकेश डोभाल सहीत ११ जना भारतीयकाे मृत्यु

330

एजेन्सी, २९ कात्तिक । पाकिस्तानी सेनाको आक्रमणबाट ११ जना भारतीयकाे मृत्यु भएकाे छ ।

भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इण्डियाकाे अनुसार ६/७ जना पाकिस्तानी सेनाले चलाएकाे गाेली लागेर ५ जना भारतीय सेना र ६ सर्वसाधारणकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा एक जना महिला पनि रहेकाे जनाइएकाे छ ।

शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ ।

अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका दैनिक भास्करले जनाएकाे छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । स्रोत न्युज २४

You might also like

Comments are closed.