Nepal's First Video FM

डा. केसीले सरकारलाई ‘मेरो उपचार खर्च आँफै बेहोर्छु, नागरिकको उपचार नि:शुल्क गराऊ’

422

काठमाडौं, २९ कात्तिक । डाक्टर गाविन्द केसीले सरकारले प्रदान गर्ने भनेको उपचार खर्च अस्वीकार गर्नुभएको छ । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका डाक्टर केसीको उपचार खर्च सरकारले बेहोर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्नुभएको थियो । तर डाक्टर केसीले सो खर्च अस्वीकार गर्दै उपचार खर्च आँफै बेहोर्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीको प्रस्ताबको जवाफ स्वरुप एक बिज्ञप्ति जारी गर्दै विपन्न बर्ग र दूरदराजमा रहेका संक्रमित नागरिकको उपचार नि:शुल्क गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले बिगतमा पटक पटक अनशन बस्दा सरकारसँग भएका सम्झौताहरुको पनि स्मरण गराउदै बिज्ञप्तिमा भन्नुभएको छ- ‘हामीसँग पटक पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए । त्यहाँका नागरिकले कोरोनाका साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निशुल्क, सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए। तसर्थ १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछु।’

कोरोना संक्रमाण पछि उहाँलाई शुक्रबार नै टिचिङ अस्पातल भर्ना गरिएको छ । डाक्टर केसीको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ । बिहीबार सामान्य रुघाखोकी तथा ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको थियो । श्रोत न्युज २४

You might also like

Comments are closed.