Nepal's First Video FM

देउवा सरकारले चुनावपछि गरेका सबै निर्णय खारेज गर्ने ओलीको उद्घोष

687

माघ ११, नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ । बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।

उसले सरकारले धमाधम गरेका नियुक्ति, सरुवा बढुवा र निर्णयहरु अनुचित भन्दै राज्कोषको दुरुपयोगमा मात्रै सरकारको ध्यान गएकोे बताएको हो ।

एमालेले संविधान, कानुन र संघीयताको मर्मविपरित गरेका कामलाई अव बन्ने सरकारले पुनर्विचार गर्ने समेत प्रष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारले संविधानको गलत व्याख्या गरेर, जालझेल गर्दै तथा अनुपयुक्त सेटिङ र गलत मनसायबाट अलोकतान्त्रिक मनसायबाट सरकारमा बसिरहेको बताए ।

जालझेल र षड्यन्त्र गर्न सरकार व्यस्त

‘जालझेल, षड्यन्त्र र तिक्डम गर्न, आर्थिक संकटमा देशलाई फसाउने, सञ्चित रकम सक्न सरकार लागेको छ, सरकारले यतिबेला बजेट पेश गरेको हो वा नीति तथा कार्यक्रम पेश गरेको ? के प्रयोजनले सरकारलाई बृद्धभत्ताको उमेर घटाउनु पर्यो ?,’ ओलीको प्रश्न थियो । देउवा सरकारको ६५ बर्षकालाई बृद्ध भत्ता दिने निर्णय अलोकतान्त्रिक भन्दै उनले देशलाई आर्थिक संकटमा फसाउँने षड्यन्त्र भएको बताए ।

संघीयता अनुसार ठुलो संख्यामा कर्मचारी  नपुग भएको अवस्थामा ६० अर्ब रुपैयाँ दिएर कर्मचारीलाई अवकास दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे । उनले सरकारको उक्त निर्णय देशलाई संकटमा पार्ने सुनियोजित षड्यन्त्र भएको बताए । आफू जाने भएपछि सरकारले राजनीतिक बातावरण विगार्ने, देशका संरचना, अर्थतन्त्र, ध्वस्त पार्ने, पुजि परिचालनका संम्भावनालाई समाप्त पार्ने काम गरेको बताए ।

सरकारले नगर्ने काम मात्रै गर्यो 
देउवा नेतृत्वको सरकारले भुकम्पबाट प्रभावितहरुलाई राहत दिनुको साटो चुनावमा खटाएको तर, अन्तिममा आएर पीडितका नाममा क्याबिनेटबाट रकम बढाएर मनपरितन्त्र गरेको बताए । ‘कुनै छलफल छैन, परामर्श छैन । यो स्वेच्छाचारिताको पराकाष्ठा मात्र हो चुनावपछि सरकारले गरेका सवै निर्णय अस्वीकार गर्दै नयाँ सरकारले पुनर्विचार गर्छ,’ अध्यक्ष ओलीको भनाई थियो ।

स्वार्थभन्दा लोकतन्त्र मुख्य कुरा भएको भन्दै ओलीले नयाँ संविधान कार्यन्वयनमा अस्पष्टता भए स्पष्ट पार्दै लैजानुपर्ने स्वभाविक भएपनि मनपरितन्त्रले गरिएका काम एमालेका लागि सैह्य नहुने बताए । ‘देशले दुनियाँले हेरेको छ, मूल्याङ्कन गरेका छन् । देशमा सम्बृद्धि चाहिएको छ, एकता चाहिएको छ । त्यसका लागि यो सरकारले गरेका काम गैरसंवैधानिक, देशहितविपरित छन् ।’

अध्यक्ष ओलीले प्रहरी संगठनमा सरकारले गरेको चलखेल लाजमर्दो भएको बताए । भारतले सीमा मिचेको सम्बन्धमा पार्टीको टोली स्थलगत अनुगमनमा गएको भन्दै अहिल्यै केही टिप्पणी नगर्ने बताए । उनले सीमा आपसी बार्ताबाट समाधान गर्नुपर्ने भन्दै आफ्नो भूमि मिचिएको पाइए त्यो स्वीकार्य नहुने बताए ।

नवराज सिलवाल प्रकरण
‘सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल प्रकरणमा नयाँ सरकार बनेपछि यथार्थ छानबिन गरेर दोषीलाई कारवाही गर्ने ओलीले बताए । ‘नेपालमा अनेक अपराधी फरार छन् सरकार कानमा तेलमा हालेर बसेको छ तर, नवराज सिलवाल जनताले छानेको मानिस । सयौँ प्रहरी खोज्न पठाएको छ । आतंक फैलाएको छ, कहिले घर अगाडी गाडी लगेर राखेको छ ।  यो तमासा किन गर्दैछ सरकार ?,’ ओलीको प्रश्न थियो । नवराज सिलवालको काण्ड डिआइजी हुँदैदेखि सुरु भएको ओलीको भनाई थियो ।

पार्टी एकता 
एमाले माओवादी एकता हुने दावी गदै ओलीले आशंका नगर्न आग्रह गरे । एकता गर्ने नै भनेर हामी चुनाव लडेका हौ । भने‘ काम भइरहेको छ, कार्यदल गठन भएको उसले काम गरिरहेको छ ।

कोमल वली 
कोमल वली निर्विरोध निर्वाचित भएको अध्यक्ष ओलीले बताए । उनले कोमल वलीका बारेमा विवाद गरिरहनुपर्ने आवाश्यक्ता नभएको बताए ।

You might also like

Comments are closed.