दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नौ/नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको बताउनुभएको छ ।
दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै उहाँले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको बताउनुभयो । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने पाेखरेलले बताउनुभयो ।
देशमा चाहिएको परिर्वतन होइन, स्थायित्व हो’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘तर सरकारमा जान नपाएकाहरू आत्तिएका छन् ।’
सरकार बदल्ने कुरा नागरिक र राष्ट्रको हितमा नभएको बताउँदै उहाँले अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र योजनाबद्ध रूपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको हो बताउनुभयाे ।
तीन वर्षमा सरकारले धेरै राम्रा काम गरेको दाबी गर्दा उहाँले सरकारलाई राम्रो ढङ्गले आड/भरोसा दिने बेला भएको बताउनुभयो।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ काे राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको बुद्धकाे मूर्ति अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती शान्ति उद्यान आकर्षक पर्यटकीय गन्तव्य बनाउने बताउनुभयो । त्यसका लागि आकर्षक रूपमा यसको विकास गर्न यहाँका नागरिकहरू लागिपर्नु र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो।
१७ फिट अग्लो रहेको बुद्धको मूर्तिको निर्माण कार्य सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । स्रोत उज्यालो
Comments are closed.