Nepal's First Video FM

सलमान खानको ‘बजरंगी भाइजान’की मुन्नी यस्ती भइन्

548

सलमान खानको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’की मुन्नीलाई धेरैले मन पराए। बाल कलाकार हर्षाली मलहोत्राको अभिनयको पनि खुबै प्रशंसा भयो।

सन् २०१५ मा उक्त फिल्म रिलिज हुँदा हर्षाली केबल ७ वर्षकी थिइन्। सानी-राम्री हर्षालीका धेरै प्रशंसक छन्। कबिर खान निर्देशित फिल्मबाटै हर्षालीले सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

उनै मुन्नी अहिले १३ वर्षकी भइसकिन्। उनी अहिले कस्ती भइन् भनेर धेरैलाई जिज्ञासा पनि हुन्छ। हालै तिहारमा उनले सामाजिक संजालमा फोटा पोष्ट गरेकी छिन्। भारतीय अखबार दैनिक भास्करका अनुसार हर्षालीले इस्टाग्राममा आफ्नो फोटो अपलोड गर्दै क्याप्सनमा लेखेकी छन्, ‘सबैलाई दिवालीको शुभकामना। आशा गर्छु आउँदा दिनहरू खुसीले भरिएका हुनेछन्।’

हर्षालीले तिहार मनाएको केही फोटा पोष्ट गरेकी छन् जसमा उनी निकै भिन्नै देखिएकी छन्। यसमा उनी कुर्तासरूवालमा देखिएकी छन्। तिहारमा रंगोली बनाएको, भाइटीका गरेका फोटा उनले राखेकी छन्।

उनलाई देखेर फ्यानहरू चकित परेका छन्। सानी मुन्नीलाई एकैपटक ठूली भइसकेपछि देखेका धेरैजनाले छक्क परेको प्रतिक्रिया इन्स्टाग्राममा दिएका छन्।
हर्षालीले बजरंगी भाइजान अघि केही विज्ञापन र सिरियलमा काम गरिसकेकी थिइन्। ठूलो पर्दामा भने उनले यही फिल्मबाट सुरूआत गरेकी हुन्।

दैनिक भास्करका अनुसार यो फिल्मका लागि हर्षाली ५ हजारभन्दा बढी बालिकामध्येबाट चुनिएकी थिइन्। एक अन्तर्वार्तामा फिल्मका कास्टिङ निर्देशक मुकेश छाब्राले भनेका थिए, ‘हर्षाली धेरै बच्चाहरूबाट मुन्नीको भूमिकाका लागि चुनिएकी हुन्। पहिले तीन जना बालिका सर्टलिस्ट गरिएको थियो। ७-१० दिनको वर्कशप पछि हर्षाली छनौट भइन्।’

You might also like

Comments are closed.