Nepal's First Video FM

निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको प्रहरीले छानबिन थाल्यो, कारबाही गर्न हेडक्वार्टरको पत्र

1,140

३ मंसिर, काठमाडौं । काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालले चासो देखाएको छ ।
सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा आइरहेको छ। उक्त दुर्व्यवहार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओबारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए।

छानबिनबाट दोषी देखिए दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही हुने भनिएको छ । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

You might also like

Comments are closed.