Nepal's First Video FM

भाईरल भएको मानुङडाँडामा खिचिएको चलचित्र ‘आर्या’ को गीत यस्तो बन्यो

425

मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको चलचित्र ‘आर्या’ को गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो ।

सार्वजनिक राष्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ति…’ बोलको गीतमा गायिका मेलिना राईको स्वर, कविराज गहतराजको नृत्य निर्देशन,राम सिटौलाको सङ्गीत तथा लक्ष्मण सिटौलाको शब्द रहेको छ ।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झन्डाको सर्वाधिक प्रयोग गरि दृष्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो ।

झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट् गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ । गीतमा मानुङ डाँडाको मनोरम दृश्य बडो रोचक ढंगले छायांकन गरिएको छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको कलाकारिता देख्न सकिन्छ ।

सार्वजनिक गीतले अहिलेको विश्व परिवेशमा राष्ट्रभक्ती, स्वतन्त्रता, नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ ।
दिब्यराज सुवेदीले छायांकन गरेको चलचित्र ‘आर्या’ मा राम सिटौला र शशि बिक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ ।

चलचित्रमा शिल्पा पोखरेल,अनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरि,सुशील पोखरेल,गीता अधिकारीलगायतको अभिनय रहेको छ।

You might also like

Comments are closed.