हेमन्त ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४१ वि.सं.२०७७ मंसिर ५ गते शुक्रबार तद्अनुसार सन् २०२० नोभेम्बर २० तारिख कार्तिकशुक्लपक्ष षष्ठी तिथि उत्तराषाढ़ा नक्षत्र गण्ड योग कौलव करण चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२९ मा भयो र सूर्यास्त सांझ १७:११मा हुनेछ। छठ पर्व।
मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ। सभासमारोहमा मान पुरस्कार प्राप्त हुनेछ।आरोग्यता बढ्ला। विकासको नयाँ सम्भावना देखा पर्ला।आशा उत्साह बढ्नेछ।आयस्रोत बढ्ला। यात्रामा सफलता मिल्नेछ ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला।मनोकुलको काममा सफलता मिल्नेछ।उच्चाधिकारीको सहयोग मिल्नेछ।लगानी उठनेछ। पारिवारिक सुख शांति बढ्नेछ।साथीभाईको साथ मिल्नेछ। ऐश्वर्य बढ्ला।अन्नधन वृद्धि हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। सन्तान सुख पाइनेछ। प्रतिरोधात्मक क्षमता बढ्नेछ।आर्थिक पक्ष बलियो बन्नेछ।आफन्तको सहयोग मिल्नेछ। विजयश्री मिल्नेछ।रोकिएको काम बन्नेछ।मान महत्त्व बढ्ला।
बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ सफलता प्राप्त हुनेछ।आरोग्यता बढ्नेछ।सुख आनन्द प्राप्त होला।मिठो भोजन मिल्नेछ।वार्तामा सफलता मिल्नेछ।मान पुरस्कार मिल्नेछ।नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ। व्यस्तता बढ्नेछ।विद्या बुद्धि बढ्नेछ।कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला।ईष्टमितको सहयोग समर्थन मिल्नेछ। उन्नति पदोन्नति हुनेछ।पारिवारिक सुख शांति बढ्ला।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिठो भोजन प्राप्त होला। शुभ काममा आकर्षण बढ्नेछ।यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ।आरोग्यता बढ्ला।आयातनिर्यातसित सम्बन्धित काम बन्ला।लेखनप्रकाशनसित सम्बन्धित काम बन्ला।विकासको नयाँ सम्भावना देखा पर्नेछ।आशा आँट उत्साहमा बढोत्तरी हुनेछ।घरपरिवारको स्थिति सुखक रहला।मान प्रसिद्धि बढ्नेछ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खेलकुद भ्रमणमा आकर्षण बढ्ला।हांसविलासमा रुचि बढ्ला।समस्याको समाधान मिल्नेछ।कार्यव्यापारमा सफलता मिल्नेछ। जोखिममा नपर्नु बेस होला।
सिंह– LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयवर्द्धक कार्य बन्नेछ। उन्नति पदोन्नति हुनेछ। हाकिमको साथ प्राप्त होला।आर्थिक र बौद्धिक प्रगति होला।रसरागमा आकर्षण बढ्नेछ।बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ।वार्तामा सफलता मिल्नेछ।प्रतिरोधात्मक क्षमता बढ्ला।सभासमारोहमा मान पुरस्कार भेट्नेछ। घरेलु चिन्ताको समाधान पनि मिल्नेछ।मनमा सन्तुष्टि होला।आयवर्द्धक काम बन्ला।विजयश्री मिल्नेछ।साहसिक काम बन्नेछ।मिठो भोजन मिल्नेछ।आफन्तको सहयोग मिल्नेछ।सुख सुविधा बढ्नेछ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) यात्रापरक काममा रुचि बढ्ला।उन्नति पदोन्नति हुनेछ।सुख आनन्द बढ्ला।मान महत्त्व यश धनसम्पत्तिमा बृद्धि हुनेछ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।भाग्योदय होला।मनोकूलको काम बन्ला।रसरागमा बृद्धि हुनेछ।मिठोभोजन मिल्नेछ।उच्चाधिकारीको सहयोग मिल्नेछ।ईष्टमितको साथ मिल्नेछ।सन्तान सुख बढ्ला।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आयमूलक कर्ममा रुचि बढ्नेछ। शुभ काममा सफलता मिल्नेछ।शैक्षिक,बौद्धिक,साहित्यीक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ।आयातनिर्यातसित सम्बन्धित काम बन्नेछ।लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ।साझेदारीको काम बन्ला।मिठो भोजन मिल्नेछ।रसरागमा आकर्षण बढ्ला।रोकिएको काम बन्ला। नयाँ कार्यमा पनि सफलता मिल्नेछ।आर्थिक पक्ष बलयो बन्नेछ।आफन्त सुख मिल्नेछ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम बन्ला। नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ।व्यस्तता बढ्नेछ।समयबाट बढी फाइदा लिनु हीतकर रहला।राजकाजमा सफलता मिल्नेछ।रसरागमा आकर्षण बढ्नेछ। बिबाद आदिमा नपर्नु हितकर रहला। अरुको भर नपर्नु बेस होला।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समयले साथ दिनेछ।कार्य क्षेत्रमा सफलता मिल्नेछ।यश वर्चश्व बृद्धि हुनेछ।उन्नति पदोन्नति हुनेछ।पारिवारीक कार्यमा सफलता मिल्नेछ।श्रेष्ठ व्यक्तिको साथ मील्नेछ।ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बढ्ला।नयाँ दायित्वपाउनु हुनेछ।मनोकूलको काम बन्नेछ।आंट उत्साह बढ्ला।मान पुरस्कार मिल्नेछ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साहसिक काममा सफलता प्राप्त हुनेछ। इष्टमित्र सन्तान सुख मिल्नेछ।बौद्धिक र रचनात्मक काम बन्नेछ।सफलता मिल्नेछ।शुभ समाचार मिल्नेछ।मान महता बढ्ला।सुख आनन्दमा बृद्धि हुनेछ।मिठो भोजन मिल्नेछ।बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ। धन सम्पत्ति पद महत्व बढ्नेछ।ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द) खेलकुद भ्रमणमा आकर्षण बढ्ला।मिठो भोजन मिल्नेछ।आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ।आंट उत्साह बढ्ला।सुख समृद्धि बढ्ला।लोभ लालच ईर्ष्या द्वेषमा नियन्त्रण राख्नु पर्ला।कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ।अरुप्रति बढी भर पर्नु उचित हुनेछैन।रसरागमा आकर्षण वृद्धि होला।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।आफन्तको सहयोगमा कमी आउने छैन।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विकासको नयाँ सम्भावना देखा पर्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ।समस्याको समाधान मिल्नेछ।आरोग्यता बढ्ला।मान महत्त्वमा बृद्धि हुनेछ। आशा उत्साह जाग्नेछ। आँट साहस बढ्नेछ।धैर्यले काम लिनु हीतकर रहला।हाँसविलासमा आकर्षण होला।यात्रामा सफलता मिल्नेछ। यात्रामा सफलता प्राप्त हुनेछ। योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ।
Comments are closed.