Nepal's First Video FM

नम्रता र विपीनको ‘प्रसाद’ युट्युबमा हेर्नु भो ?

504

काठमाडौं , Aबाबुराम परियार (विपीन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) को अन्तरजातीय प्रेमले उनीहरूलाई गाउँमा बस्न दिँदैन। नयाँ र सुखद भविष्यको खोजीमा उनीहरू को कथा सुरु हुन्छ । तीन पात्रको वरिपरि घुम्ने फिल्मको केन्द्रमा भने सन्तान सुखको विषय छ।

समिक्षागत रुपमा सफल मानिएको चलचित्र ‘प्रसाद’ युटुबमा रिलिज गरिएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले नायक विपिन कार्कीको अभिनयको खुलेरै प्रशंसा गरेका छन् ।

साथै, चलचित्रले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने एक कठोर मोडको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ ।

चलचित्र पात्रको सादगी र संवाद काल्पनिक कम र जीवन्त बढी छ। ‘प्रसाद’को पटकथा फिल्म समीक्षा र फिल्मसम्बन्धी रिपोर्टिङ पृष्ठभूमिबाट आएका सुशील पौडेलले लेखेका हुन्। निर्देशक दिनेश राउतको यो फिल्मको सिक्वलसमेत बन्ने तयारी भइरहेको छ।

You might also like

Comments are closed.