लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र गायिका बिष्णु माझिको स्वरमा रहेको ‘भिटामिन यु’ बोलको लोकगीत सार्वजनिक गरिएको छ ।
शुक्रबार साँझ युटुयुवमार्फत सार्वजनिक उक्त गीतमा कृष्ण केसीको शब्द रहेको छ भने हरि लम्सालको संगीत हरेको छ । कृष्ण बिकले एरेन्ज गरेको गीत प्रिज्म डिटिजल स्टुडियोमा रेकर्ड भएको हो ।
गीतको भिडियोमा लोकप्रिय नायक पल शाह, दुर्गेश थापा र मोडल गरिमा शर्मालाई देख्न सकिन्छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा पल र दुर्गेश गरिमाको पछिपछि लागेको देख्न सकिन्छ । नवराज उप्रेतीले खिचेको भिडियो प्रबिन भट्टले सम्पादन गरेका हुन् ।
Comments are closed.