Nepal's First Video FM

नेपालमा कोरोना खोप लगाउन ६० अर्ब लाग्ने अनुमान, दातृ निकायसँग सहयोग माग्ने सरकारको तयारी

426

काठमाडौं : नेपालमा पन्ध्र बर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन साठी अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले खोपका लागि अर्बौ रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो ।

सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि वीस प्रतिशत रकम आफुले ब्यर्होने र बाँकी रकम दातृ निकायलाई आग्रह गर्ने तयारी गरेको छ । विकास साझेदार र दातृनिकायले सहयोग उपलब्ध गराए यो खर्च कम हुनसक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ ।

खोपका लागि केही सहयोग खोप सम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’ले दिने आश्वासन दिएको छ । गाभीले कम र मध्यम कम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

खोप नेपाल भित्र्याउनका लागि केही दिन अघि सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरिसकेको छ । खोप खरिदको विषयमा नेपाल सरकारले निजी क्षेत्रलाई पनि अनुरोध गरेको बताइएको छ ।

मन्त्रिपरिषद्ले निजी क्षेत्रलाई पनि खोप भित्राउन बाटो खोल्ने निर्णय गरेको छ । सरकारले खोप भण्डारणका लागि आवश्यक पूर्वाधार बनाउन लाग्ने खर्च, सुरुमा खोप प्राप्त गर्ने जनसंख्याजस्ता विषयमा गृहकार्य गरिरहेको छ । एभिन्युज खबर बाट

अहिलेसम्म कुनैपनि खोपले विश्व स्वास्थ्य संगठनबाट सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाइसकेको छैनन् । एक दर्जनभन्दा बढी खोप तेस्रो चरणको परीक्षणमा छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.