Nepal's First Video FM

नम्रता, सुहाना र मेनुका बिच युट्युबमा कडा पर्तिस्प्रधा हेर्नुभयो त ?

419

काठमाडौं, युट्युबमा नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’,मेनुका प्रधान अभिनित ‘साइँली’र सुहाना थापा अभिनित ए मेरो हजुर ३’ बिच कडा भिडन्त भएको छ। यो ३ नै फिल्म लाई दर्शक ले राम्रो साथ दिएका छन ।

निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज गरिएको छ ।
डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो । हलमा रिलिज हुँदा राम्रो तारिफ पाएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

फिल्मले एक अन्तर्जातीय बिहेको कथालाई भन्ने प्रयास गरेको छ । सुशील पौडेलले तयार पारेको फिल्मको स्किृप्ट विवादमा पनि तानिएको थियो ।यस्तै फिल्ममा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभास थापाले निर्माण गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन भिडियोग्राफी गरेका हुन् । फिल्ममा समावेश ‘लै लै’ र ‘बनकी चरी’ गीत चर्चामा छन् ।

यस्तै राम बाबु गुरुङको निर्देश्न, बिशाल गुरुङ निर्माता रहेको फिल्ममा मेनुका प्रधान, गौरव पहारी र दयाहाङ राई अभिनित फिल्म ‘साइँली’ युट्युबमार्फत रिलिज भएको छ । यो फिल्म एक हप्ता अगाडि रिलिज भएको हो । हलमा अोसत व्यापार गर्न सफल फिल्ममा मेनुका प्रधान, गौरव पहारी र दयाहाङ राई को अभिनयलाई दर्शकले राम्रै मन परएका छन ।

फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा रहिरहन सफल भएको छ । फिल्मले युट्युवमा छोटो समयमा लाख बढी भियुज पाउँदै शीर्ष स्थान बस्न सफल भएको हो ।

फिल्म लाई अधिकाम्स दर्शकले राम्रो तारिफ गरेका छन । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी सुपरस्टार गायक र सुहाना थापा उनको फ्यानको भूमिकामा छिन्।

हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । युट्युब पहिले फिल्म विदेशमा, टिभीमा रिलिज भएको थियो ।

You might also like

Comments are closed.