Nepal's First Video FM

आर्यन सिग्देल, सलोन बस्नेतको ‘डिसेम्बर फल्स’मा जोडी कस्तो होला ?

402

सस्पेन्स लभ स्टोरी कथामा निर्माण हुने यस चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय रहनेछ । चलचित्रका लागि अभिनेत्री भने पक्का भइनसकेको निर्माण पक्षले जानकारी दिएको छ ।

‘रिजाल एण्ड रिजाल प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । रामप्रसाद रिजालको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई भारतीय टेलिभिजन तथा चलचित्र उद्योगमा काम गरिरहेका प्रवीण झाले निर्देशन गर्नेछन् ।

बिपिका खनालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद केदार भुसालले तयार गरेका हुन् । चलचित्रमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । भारतीय चलचित्र उद्योगमा नै कार्यरत रवि नायडुले खिच्ने चलचित्रलाई काठमाडौं र पोखरामा खिचिनेछ ।

निर्माण पक्षले आगामी वर्षको १ साउनलाई प्रदर्शन मिति तय गरेको छ ।

You might also like

Comments are closed.