Nepal's First Video FM

ओलीले गिरफ्तार गर्दै नेत्रविक्रम चन्द विप्लवलाई- पढ्नुहोस

539

माघ १६, काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई के गिरफ्तार गर्ने तयारी भएको छ ?

यस्तै संकेत गरेका छन्, सोही पार्टीका एक पोलिटव्यूरो सदस्यले ।

आफ्नो फुसवुक वालमा नेकपाका पोलिटव्यूरो सदस्य भत बमले महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?

भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् ।

विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको नेता बमले बताए ।

उनका अनुसार ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ कसुरमा पक्राउ गर्नुपर्ने भएको भन्दै सूचना टाँस गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे ।

उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।

नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए ।

नेकपाका पोलिटव्यूरो सदस्य बमले लेखेका छन्

महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?

-सरल शब्दमा भन्दा यो सरकारको दमन गर्ने संकेत हो यस्ले अनिवार्य प्रतिरोध जन्माउछ ।

-विप्लवले अगाडि सारेको राजनैतिक विचारमा राज्यले हारेको छ र उस्ले बन्दुक र कानुन अगाडि सारेको छ ।

-विप्लवको वारेन्टलाई प्रतिक्रान्तिले क्रान्तिलाई र दलालले स्वाभिमानलाई वारेन्ट जारी गरेको अर्थमा बुझ्नुपर्छ ।

-साम्राज्यवादको रणनीति अनुरुप कम्युनिस्टको बदनाम गरेर कम्युनिस्टको अन्त्य गर्ने उदेश्यसहित अहिले सामाजिक दलाल पुजीवाद ९ बाम गठबन्धन ० जोतिबशुको नयाँ संस्करणको रूपमा अगाडि आएको छ त्यसैले उस्को यो दमनात्मक कदम अपेक्षित छ यस्ले अझै क्रूर र फासीवादी रुप लिनेछ ।

-विप्लवको वारेन्टले क्रान्ति नयाँ चरणमा प्रवेशको ब्यवहारिक अभिव्यक्ति मात्रै दिएको हो । यो निचोड पार्टीले कथित चुनावपछि नै निकालिसकेको हो ।

-अहिलेसम्म संसारमा न बन्दुकले विचार मार्न सक्यो न त दमनले क्रान्ति नै रोक्न सक्यो । फेरि हामीले त क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ती अगाडि सारेका छौ । त्यसैले यो दलाल राज्यको प्रतिक्रान्तिकारी दमनको सम्पुर्ण रुपले प्रतिवाद गरिनेछ ।

-राज्य युद्धको बाटोमा छ । हामी त्यस्को अन्त्य क्रान्तिद्वारा गर्नेछौ । दलाल राज्य बाट शान्ति र समृद्धि सम्भव छैन किनकि क्रान्तिले मात्रै वास्तविक शान्ति र समृद्धि ल्याउनेछ ।

विप्लव पार्टी किन निशानामा छ ?

स्थानीय तहको चुनाव यता भएको चुनाव विरोधी गतिविधिमा सरकारले विप्लवको पार्टीको हात देखेको छ ।

तर, सो पार्टीले यसलाई जनताको प्रतिरोध भन्दै औपचारिक रुपमा जिम्मेवारी लिएको छैन् ।
यसबाहेक सो पार्टीले केही जलविद्युत परियोजना र गैरसरकारी संस्थाका कार्यलयलाई लक्षित गरी बम पड्काएको छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले सो पार्टीका दुई नेता पक्राउ गरेको थियो ।

उनीहरु हिजो मात्र रिहा भएका छन् ।

आफ्ना नेता पक्राउको विरोधमा सो पार्टीले एक दिन नेपाल बन्दको समेत आव्हान गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.