Nepal's First Video FM

मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ

470

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपका क्रममा भएको मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विन्दवासिनी गाउँपालिका ३ इटियाही बस्ने अखिलेप्रसाद चौरसिया भन्ने अशेसर चौरसियालाई पक्राउ गरेको हो।

गत कात्तिक ६ गते विन्दवासिनी ५ प्रसौनी गाउँस्थित सेलर मिलको भवनमा नेकपा गाउँ कमिटिद्वारा आयोजित सपथग्रहण कार्यक्रमस्थलमा झडपका क्रममा चौरसिया घाइते भएका थिए। उनको उपचारका क्रममा ७ कात्तिकमा निधन भएको थियो।

चौरसियालाई वीरगन्ज महानगरपालिका २५ स्थित अलौ सिर्सियाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like

Comments are closed.