Nepal's First Video FM

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार

344

पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८०६ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

पछिल्लो २४ घण्टामा ४५ हजार २०९ संक्रमित थपिएका छन् । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

You might also like

Comments are closed.