Nepal's First Video FM

रमेश–कल्पनाको जोडी लाई दर्शकले मन परायकै हुन त् ? किन भाइरल बन्दै छ टिकटकमा यो जोडी !

530

काठमाडौं , रमेश प्रसाई आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सधैं चर्चामा रहने पछिल्लो समय फरक परिचयका साथ चर्चित छन् ।
रमेश प्रसाईले भर्खरै एउटा गीत गय जुन गीत वरिष्ठ गायक तथा संगीतकार सुरेश गन्धर्वलाई समर्पित गर्दै उनकै पुरानो गीत रिंकीबुङको राँगोमा आफ्नो स्वर दिएका छन् । जसलाई पनि दर्शक श्रोताहरुले निकै माया दिएका छन् ।

यसै बिच अहिले उनको नाम कल्पना दाहाल सँग जोडीएको छ, दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको भिडियोले हालसम्म ६० लाख दर्शक ले हेरिसकेका छन ।

इन्द्रेणीमा जमेको रमेश–कल्पनाको जोडी अहिले टिकटकसम्म आइपुगेको छ । कल्पनाले रमेशसँग बनाएर हालेका प्रत्येक टिकटक भिडियो भाइरल भइरहेका छन् । उनी हरुलाई दर्शक स्रोताले मन पनि पराएका छन, र कतिपय दर्शकले त कल्पनाले त रमेश सँग बिहेगरे पनि हुने जस्तो प्रतीकृया दिएका छन।
भने धेरैले उनीहरुलाई वास्तविक जीवनमै जोडी बाँधेको हेर्न चाहे ।

रमेश र कल्पना भने आफूहरु अहिलेसम्म असल साथी मात्र भएको बताउँछन् ।

You might also like

Comments are closed.