Nepal's First Video FM

नम्रता विपिनको जोडी युट्युब ट्रेन्डिङको एक नम्बरमा, सबैले मन पराए तपाईंले हेर्नु भो ?

471

काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा नेपाली चलचित्र ‘प्रसाद’ आइपुगेको छ । यो समाचार तयार पार्दा सम्म १७ लाख ८५ हजार दर्शकले हेरी सकेका छन ४६ हजार ले लाइक गरेका छन भने ४ हजार कमेन्ट र ४ हजारले अन लाइक गरेक छन ।

‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
सन्तान नहुँदाको श्रीमान–श्रीमतीबीचको छटपटीलाई चलचित्रमा समेटिएको छ । हलमा राम्रो ब्यापार गरेको यो चलचित्रले समीक्षा पनि राम्रै पाएको थियो ।

बाबुराम परियार (विपीन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) को अन्तरजातीय प्रेमले उनीहरूलाई गाउँमा बस्न दिँदैन। नयाँ र सुखद भविष्यको खोजीमा उनीहरू काठमाडौं आउँछन्।

बाबुराम लुगा सिउने र रेस्टुरेन्टमा दोहोरी गाएर घरव्यवहार चलाउनेसम्मको कमाइ गर्न सक्ने हुन्छन्। पढे-लेखेकी नारायणी केटाकेटीहरूलाई पढाउने काम गर्छिन्। यो दम्पती सुखी नै हुन्छ।

तर बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत) को उपस्थिति र बाबुराम र नारायणीको प्रेममा भाँजो हाल्ने कारण बन्छ।

यी तीन पात्रको वरिपरि घुम्ने फिल्मको केन्द्रमा भने सन्तान सुखको विषय छ।

पुरा फिल्म हेर्न यो लिन्कमा जानु

You might also like

Comments are closed.