Nepal's First Video FM

नयाँ फिल्म ‘डिसेम्बर फल्स’मा सुहानालाई प्रस्ताव

463

काठमाडौं, ८ मंसिर । एउटै फिल्म बाट स्टार हुने अभिनेत्रीको लिस्टमा सुहाना थापा पनि एक हुन झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र प्रवेश गरेकी हुन्, । उनलाई पहिलो फिल्ममा नै सबै दर्शकले मन पराएका थिए ।

केही हप्ता अगाडि मात्रा युट्युबमा रिलिज भएको फिल्म झन्डै १ करोड दर्सक ले हेरी सकेका छन । यस्तै केही दिन अगाडी मात्र घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ मा पनि सुहानालाई प्रस्ताव गरिएको जनाइएको छ । यस फिल्ममा चकलेटी अभिनेता आर्यन सिग्देल यस अघि नै अनुबन्धित भइसकेका छन् । फिल्म घोषणा भएको दिनमा निर्माता लक्ष्मण रिजालले अभिनेत्रीको टुंगो भइनसकेको र कुरा भइरहेको जानकारी दिएका थिए ।

सुहानालाई ‘डिसेम्बर फल्स’बाट अफर आएको र उनले स्क्रिप्ट पढिरहेको भएपनि काम गर्ने वा नगर्ने हालसम्म टुंगो नलागेको पारिवारिक श्रोतले जनाएको छ । सुहानाले ‘ए मेरो हजुर ४’ फिल्मको काम सकेपछि ‘डिसेम्बर फल्स’ मा काम गर्ने पनि सम्भावना रहेको एक श्रोतले जनाएको छ ।

अनमोल केसीसँग २ फिल्ममा रोमान्स गरेकी सुहानाले यो फिल्म काम गर्न तयार भएमा आर्यन सिग्देलसँग उनको जोडी जम्नेछ ।

-तस्वीरः सुहाना थापाको फेसबुकबाट

You might also like

Comments are closed.