काठमाडौं , १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसेहरु शव जलाउने काम गर्छिन्।
बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्। सपनाले अनलाइन टिभी नेपालसंग आफु एकदमै खुसि रहेकी र आफुलाई माया,साथ र सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद दिएकी छिन |
स्तै बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले काम गरिरहेकी छिन् । जसलाई उनी कर्मबुवा पनि मान्छिन् ।
‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् ।
सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।
Comments are closed.