Nepal's First Video FM

चर्चित गायिका टिका प्रसाई ‘माया लाउँ कि नलाउँ भो’ र चर्चित गायक प्रमोद खरेल ‘निरमाया’ गीत दर्शक ले रुचाए

509

काठमाडौं , चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको साथमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।

यस्तै गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ।यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।निकेश खड्काको निर्देशनमा यो भिडियो तयार पारिएको हो। (‘नेपसिस्टर्स’)को अफिसिएल युट्युव च्यानल मार्फत यो भिडियो सार्वजनिक गरिएको ह।

तुंग नेपालले विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीतको जगेर्ना गर्दै विदेशमा रहेको आजको नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा प्रशिक्षण प्रदान गर्दै आएका छन्। अब उनि निरन्तर यस्ता नयाँ नयाँ कोशेली
लिएर आउँदै छन् ।

You might also like

Comments are closed.