काठमाडौं , निशान भट्टराइको स्वर, निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा यूवायूवतीको भेटपछि भएका मायाका कुरालाई समावेश गरिएको छ ।
सार्वजनिक गीतको भिडियो निर्देशन सुरेश दर्पण पोखरेलको रहेको छ , डिभाइन म्युजीको नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द निल्कन्ठ सुवेदीले कोरेका हुन भने चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत समावेश रहेको छ ।
गीतमा भरत. बी .सुवेदी र डा. सामेन श्रेष्ठ फिचर्ड छन् । अमेरिकाको विभिन्न स्थानहरूमा खिचिएको भिडियोमा विनोद अधिकारीको छायाङ्कन, भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिंग र एमोस तामाङको एरेन्ज रहेको छ ।
विनोद अधिकारीले छायांकन गरेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । अमेरिकाका विभिन्न स्थानमा यो भिडियोको छायांकन गरिएको छ ।
Comments are closed.