Nepal's First Video FM

चर्चित नाटक ‘बोक्सीको घर’ निर्माण गर्दै केकी

481

काठमाडौं । अभिनेत्री केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा अर्गानिक अभिनय गर्ने कलाकारमा रुपमा चिनिन्छीन, केकी अधिकारीले यो फिल्म निर्माण गर्न लागेकी हुन् । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ ।

अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् । ‘बोक्सीको घर’ नामक नाटकलाई चलचित्रमा उतार्न लागेको केकीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकी हुन l विज्ञप्तिमा भनिएको छ- ‘त्यति बेला नाटकमा अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको थियो ।

करिब एक महिना मञ्चन भएको नाटकका सर्जक (लेखक/निर्देशक) सुलक्षण भारती हुनुहुन्छ ।’तीनै सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’ लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्ने भएका हुन् ।केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहने छ l अन्य कलाकारहरूको अडिसन मार्फत छनौट गराइनुका साथै आगामी साता बाट खुला अडिसन गरिने निर्माण टिमले बताएका छन् l

‘विगत डेढ महिनादेखि चलचित्र वर्कसप र प्रि–प्रोडक्सन चरणमा रहेको छ । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिने विज्ञप्तिमा उल्लेख छ ।यथार्थपरक चलचित्रको रूपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहने बताइएको छ।चलचित्र ‘बोक्सीको घर’लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

You might also like

Comments are closed.