निर्दै मान्छे, बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
महोत्तरी, ९ मङ्सिर। हाम्रो समाज र समाजका मान्छे किन एती धेरै निर्दै बन्दै छ, ६ बर्षको अबोद बालीका माथि क्र्ु व्यबहार, बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको थियो। ६ वर्षीया बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो । स्थानीयले बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका थिए । यसैबीच प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो। आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लागिएको हो ।
प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो।
उनीहरुको स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। अर्का घाइते अफतब आलमको भने बर्दिबासकै हस्पिटलमा उपचार भइरहेको छ । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड गोली चलाएको थियो ।
सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन मंसिर ७ गते बेलुकादेखि बेपत्ता भएकी थिइन्। फुपुको घरमा खेल्दै गर्दा उनी आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएकी थिइन्।
उनको शव सोमबार मध्य रातमा बर्दिबास- १४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा भेटिएको थियो ।हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Comments are closed.