काठमाडौं, महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका बुद्धिराज न्यौपानेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ । घटनास्थलमा थप तनावको स्थिती पैदा नहोस् भनेर बुधबार बिहान ८ सुरक्षा समितीको बैठक बस्दै छ । कफ्र्यु वा निषेधाज्ञा लगाउने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । नयाँ पत्रीका दैनिक मा समाचार छ ।
Comments are closed.