काठमाडौं: थाइल्याण्डले महीनौँदेखि जारी सरकारविरोधी प्रदर्शनलाई रोक्न राजा र राजपरिवारको आलोचना गर्न नपाइने कानूनलाई फेरि ब्युँताएको छ । सो कानून अनुसार राजा र राजपरिवारको आलोचना गर्नेलाई १५ वर्षसम्म जेलसजाय हुनसक्नेछ ।
सयौँ प्रदर्शनकारीलाई ‘लेस मेजेस्टे’ भनिने उक्त कानून अन्तर्गत मुद्दा चलाउने तयारी थालिएको छ । मानवअधिकारवादी वकिल अनोन नाम्पा लगायत प्रदर्शनको नेतृत्व गर्ने कम्तीमा छ जना नेतालाई यो कानून अन्तर्गत मुद्दा चलाउने तयारी छ । प्रदर्शनमा सहभागीलाई दुई वर्षपछि पहिलोपटक यस्तो अभियोग लगाइएको हो ।
थाइल्याण्डमा केही समयदेखि राजतन्त्र र प्रजातान्त्रिक प्रणालीमा सुधारको माग राखी विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन । प्रदर्शनकारीहरुले संवैधानिक सुधार र प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
स्रोत एभीन्युज
Comments are closed.