Nepal's First Video FM

कक्षा १२ को विद्यार्थीले मोवाइल हेर्दै चिट चोरेको परीक्षा लेखिरहेको भिडियो भाइरल

435

काठमाडौं, १० मंसिर । कक्षा १२ को परीक्षा संचालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा हेर्दै उत्तर लेख्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा देखिएका सबै बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो कुन कलेजको परीक्षा केन्द्र हो भन्ने छुट्याउन सकिएको छैन । तर एक परीक्षार्थीले साथीहरूले माेवाइल हेर्दै उत्तर लेख्दै गरेकाे भिडियाे खिचेका छन् ।

झण्डै आधा मिनेट लामो भिडियो खिच्ने ती विद्यार्थीले इक्जाम भनेको यही हो है केटा हाे भन्दै २ पटक भन्छन् । र, फेरि भन्छन्, ‘इक्जाम भनेको यही हो है गाइज’ अनी उनि थप्छन् – ‘हाम्रो मीत यता तान मेरो कपी, त्यसपछि फेरि उनि क्यामेरा सार्दै भन्छन् -‘सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, हाम्राे यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा है केटाहरु सब जना, सर छैन, यही हो है केटाहरु इग्जाम भनेको यही हो, मेरो सकिसक्यो ।’ त्यसपछि भिडियो सकिन्छ ।

परीक्षा संचालन भइरहेको कक्षा कोठामा गार्ड पनि देखिदैनन् । केही बाहेक सबै विद्यार्थीहरुले मास्क लगाएका छन् । साथै उनीहरु एक अर्कामा मोवाइल हेर्दै सल्लाह पनि गरिरहेको देख्न सकिन्छ ।

कोरोना महामारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन भइरहेको छ । तर भाइरल भएको उक्त भिडियो हेर्दा परीक्षा मयादित ढंगका साथ संचालन हुन नसकेको अनुमान लगाउन सकिन्छ । परीक्षर्थीहरु कुन बिद्यालयका तथा परीक्षा केन्द्र कहाँ भन्नेबारे ठम्याउन सकिएको छैन ।

बोर्डका अध्यक्ष पौडेलले परीक्षामा पर्यात मात्रामा निरिक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन लान नपाइने र सामाजिक दुरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय बिद्यार्थीहरुले मास्क समेत नलगाएको स्पष्ट देखिन्छ ।

गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारीपछि पछि धेकेलिएको थियो । मंगलबारबाट देशभर सुरु भएको परीक्षामा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।

You might also like

Comments are closed.