पोखरामा बुधबार दिउँसो युवाहरूको एउटा समूहले ‘गणतन्त्र धोका हो’ भन्दै मोटरसाइकल तथा कार र्याली निकालेका छन्। ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ का नाममा आयोजित प्रदर्शनमा सहभागीले हिन्दु राज्य र राजतन्त्र फर्काउन माग गरे।

पश्चिमाञ्चलवासी नेपाली जनता’ का नाममा प्रदर्शन भए पनि पोखरामा यस्तो नामको कुनै संगठन छैन। प्रदर्शनमा सहभागी गराउन आयोजकले उक्त नाम राखेका थिए। प्रदर्शनबारे जानकारी दिन मंगलबार पोखरामा भएको पत्रकार सम्मेलन पनि त्यही नाममा भएको थियो।
र्यालीमा सहभागी अधिकांशले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए। उनीहरूले राजा पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका भनाइ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश– प्राणभन्दा प्यारो छ’, ‘पोखरेली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ जस्ता नारा लगाएका थिए।
Comments are closed.