पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको छ ।उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको बताइएको छ ।
नारायणगढको एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या आएको थियो । शाहको उपचारको लागि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको हो ।
शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताए ।
अहिले पारसले आराम गरिरहेको र थप समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने बताइएको छ । शाह व्यक्तिगत घुमफिरका लागि साथीभाइसँगै चितवनमा पुगेको बताइएको छ ।
Comments are closed.