काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा दु:खद निधन भएको छ ।
बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो ।
अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।
उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए ।
Comments are closed.